स्वास्थ्य जिवन यापन गर्न निम्न कुरामा ध्यान दिनुहोस्

स्वास्थ्य जिवन रहन हर कोहि चाहन्छ । तर कसरी स्वास्थ्य रहने ? स्वस्थ रहन मानिसले धेरै मिहिनेत गर्नुपर्छ । सानो– सानो कुरामा ध्यान नदिदा मान्छेहरु अस्वस्थ्य हुन्छ । मानिस स्वस्थ रहनका लागि खानपान, व्यायाम र जीवनशैली राम्रो सँग ध्यान दिनु पर्छ । खानपान, व्यायाम देखि लिएर सकारात्मक, नकारात्मक विचारले पनि स्वास्थ्यमा धेरै ठूलो असर पुर्याइरहेको हुन्छ । तल दिएका कुरा जस्तै आफ्नो जिबनमा पालना गर्नुभयो भने स्वास्थ्य जिवन यापन गर्न धेरै ठूलो सहयोग मिल्नेछ ।

– स्वस्थ रहनका लागि सफा पानी पिउनुस् । कम्तिमा चार लिटर जति पानी पिउनुहोस् । बिहान उठेर शारीरिक व्ययाम गर्नुहोस् । स्वस्थ जीवनयापनका लागि एउटा सूत्र हो । नियमित रूपमा व्ययाम गर्ने मानिसमा रोग नलाग्ने सम्भावना बढी हुन्छ ।

– पर्याप्त निद्रा पनि स्वस्थ जीवनका लागि आवश्यक कुरा हो । पर्याप्त मात्रामा निद्रा नपुग्ने मानिसमा रोग लाग्न सक्ने सम्भावना हुन्छ । खानपान सन्तुलित र स्वस्थ हुनुपर्छ । खाने तालिका पनि नियमित हुनुपर्छ ।

– खानामा सलाद, हरियो सागपात, फलफूल, ड्राइफुड्स, अंकुरित गेडागुडी सामेल गर्नुपर्छ । पौष्टिक तत्व नष्ट नभएको खानेकुरा खानुपर्छ । उसिनेको खानेकुरामा पौष्टिक तत्व नष्ट हुँदैन । पाचन यन्त्रलाई स्वस्थ र तन्दुरुस्त बनाउने विभिन्न योगासनहरू अपनाउन सकिन्छ ।

– हामीले सकेसम्म आफ्नो दिनचर्या ठीक बनाउनुपर्छ । सही दिनचर्या भएन भने मानिसमा विभिन्न समस्या देखिन सक्छ । बिहान उठ्ने र साँझ सुत्ने समय तोक्नुपर्छ ।

– धेरै मानिस कहिले ६ बजे त कहिले १० बजे उठ्ने, कहिले ८ बजे त कहिले १२ बजे सुत्ने गर्छन् । यस्तो गर्नु हुँदैन । यसले शरीरमा थप रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

– सकेसम्म जंकफुड खान छाड्नुपर्छ । यसले स्वस्थ मानिसलाई रोगी बनाउँछ । रोगीलाई झन् ग्रसित बनाउँछ । सकारात्मक सोचको विकास गर्नुपर्छ ।

– रिस, घृणा, ईष्र्या आदिले आफ्नो मनमा तनाव पैदा गर्छ । तनावले स्वास्थ्य खराब गर्छ । परिस्थिति जस्तोसुकै भए पनि मनस्थिति बदल्नु हुँदैन । अर्थात् मनलाई नियन्त्रणमा राख्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =