प्यालेस्टिनी कार्यालय बन्द गर्ने अमेरिकाको तयारी

“एजेन्सी, भदौ २६ । संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यससम्बन्धी घोषणा गर्ने बताएका छन् ।

प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा नखोल्ने, बोल्टनले बताएका छन् ।

ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो ।

प्यालेस्टिनी अधिकारी साएब एरेकातले ट्रम्प प्रशासनको कार्यालय बन्द गर्ने नीति हो भने त्यसले प्यालेस्टिनी जनतामाथि आमरुपमा सजाय दिन वासिङ्टन उद्यत रहेको पुष्टी गर्ने बताए।

स्वास्थ्य र शिक्षा समेतका मानवीय सेवाका लागि उपलब्ध हुने आर्थिक सहायतामा समेत अमेरिकाले कटौती गरेकामा उनले रोष प्रकट गरे ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन अर्थात् पिएलओले औपचारिक रुपमै सबै प्यालिस्टिनीको प्रतिनिधित्व गर्दछ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइन राज्यलाई मान्यता नदिए पनि पिएलओलाई वासिङ्टनमा अमेरिकी सरकारसँग औपचारिक वार्ता र छलफलका लागि प्रतिनिधित्व गर्न पाउने अख्तियारी दिइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =