गृहमन्त्री थापाले कर्मचारीलाई भने– भ्रष्टाचार गर्छन् भन्ने भ्रमलाई चिर्नुहोस्

काठमाडौँ, भदौ २५ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रशासकहरुले भ्रष्टाचार र ढिलासुस्ती गर्छन् भन्ने भ्रमलाई चिर्न प्रशासकहरुलाई आग्रह गरेका छन् ।

नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रशासनहरुले हरेक काममा ढिलासुस्ती गर्छन् भन्ने भ्रमलाई चिर्न प्रशासकहरुलाई आग्रह गरेका हुन् ।

‘केही प्रशासकहरु भ्रष्टाचार गर्छन्, काममा जानाजान ढिलासुस्ती गर्छन् भन्ने आरोप लाग्ने गरेको छ’, गृहमनत्री थापाले भने, ‘यसलाई तपाईहरुले चिर्नुहोस्। ।’ विकासका लागि भ्रष्टाचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको उनको भनाइ थियो ।

अहिलेको नियम कानुन बुझ्नका लागि समेत यो तालिम उपयोगी हुने भन्दै उनले प्रशासकहरुले आफूलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताए ।

उनले अपराधलाई नियन्त्रण गर्न , अपराधीलाई दण्डित गर्न र नागरिकको रक्षा गर्न सकेमा मात्रै सफल हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =