काखी गन्हाएर तनावमा हुुनुहुन्छ ? यी हुन् काखी गन्हाउने समस्याबाट बच्ने उपाय

चिसोयाममा भन्दा गर्मी याममा काखी गन्हाउने तथा पसिना गन्हाउने समस्या देखा पर्दछ । काखी गन्हाउने समस्याले अधिकांश मानिस ग्रसित छन् । हर कोही एउटै उपाय खोजिरहेछन् यसको निवारण । यस्तो समस्या हुने मानिसहरु अरुको छेउमा जान पनि त्यति रुचाउँदैनन् ।

अत्यधिक पसिना निस्कने (हाइपरहाइड्रोसिस) र पसिना गन्हाउने समस्याको कुनै छुट्टै औषधि छैन । त्यसैले यसलाई लक्षण र कारणका आधारमा उपचार गर्नुपर्ने हुन्छ ।

खानाको कारणले पसिना धेरै आउने र गन्हाउने शंका लागेको छ भने आहारविज्ञ (डाइटिसियन) र चिकित्सकको सल्लाहमा खाना परिवर्तन गर्न सकिन्छ । यसमा चिल्लो अत्यधिक हुने, मसलादार, धेरै गन्ध आउने लसुन प्याजजस्ता मसला हालिएका खानालाई नियन्त्रण गर्न सकिन्छ ।

यो कुनै रोग होइन जसबाट छुटकारा नमिलोस् । गर्मी महिनामा काखीमा पसिना आउने समस्या हुने तथा खुला लुगा लगाइने हुँदा काखी सफा गर्नु अति आवश्यक छ ।

अत्यधिक पसिना आउँछ र धेरै गन्हाउने गर्छ भने मिर्गौला र कलेजो (लिभर) को जाँच गर्नु उचित हुन्छ । मिर्गौलाको बिमारीको लक्षणका रूपमा गन्धले पनि संकेत गरिरहेको हुन सक्छ । तर, के पनि हेक्का राखौं भने शरीर गन्हाउनु भनेको मिर्गौलामा समस्या भएको अनिवार्य कारण भन्ने होइन ।

उपचार तथा नियन्त्रण

काखी सफा राख्ने: काखी सफा गर्दा पहिले रौं हटाउनुपर्छ। त्यसका लागि गुणस्तरीय वार्म वा हेयर रिमुभर छान्नुपर्छ ताकि रौं निकाल्दा समस्या नआओस्।

वाक्सिङ र रिमुभ:  काखीका रौंलाई राम्रोसँग वाक्सिङ र रिमुभगर्न सकिन्छ। राम्रोसँग वाक्सिङ वा रिमुभ गरेपछि चिसो पानीले पुछ्नुपर्छ अनि आइसको टुक्रा कपासमा बेरेर केही मिनेट काखीमा दल्नुपर्छ, त्यसो गर्दा संवेदनशील छाला पनि रातो हुन पाउँदैन।

काखीको कालो भागमा चन्दन पाउडर, बेसार र फिटकिरीको धूलोमा रोज वाटर राखी पेस्ट बनाएर लगाई १० मिनेटपछि चिसो पानीले सफा गर्नुपर्छ। त्यसपछि फिटकिरीको डल्लोलाई पानीमा भिजाएर राख्ने र फेरि प्याक लगाए सफा गरेको भागमा दल्नुपर्छ। अन्त्यमा ल्याक्ट्रोक्यालामाइन लोसन लगाई पसिनासम्बन्धी समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ।

दिनहुँ नुहाउने, शारीरिक परिश्रम वा खेल्दा पसिना आउने हुनाले त्यस बेला अर्कै लुगा लगाउने यी सामान्य उपाय भए । अत्यधिक पसिना आइरहन्छ भने सुत्ने बेलामा पसिना प्रतिरोधी (एन्टिपस्र्पिरेन्ट) दल्ने ।

बिहान नुहाएपछि लगाइएको एन्टिपस्र्पिरेन्टलाई काम गर्नै नपाई एकछिनपछि फेरि आउने पसिनाले बगाइदिन सक्छ र उपाय निरर्थक हुन सक्छ । गन्ध प्रतिरोधक (डियोडोरेन्ट) ले पसिना आउनबाट रोक्न सक्दैन यसले गन्धलाई छोप्न मात्र सक्छ ।

कतिपय राम्रा एन्टिपस्र्पिरेन्टमा डियोडोरेन्ट पनि मिलाइएको हुन्छ । त्यसैले त्यस्तो चिजबाट पसिना नियन्त्रण र गन्ध निरोध दुवै काम लिन सकिन्छ । यस्तो दोहोरो फाइदा लिन सकिने चिज किन्नुअघि राम्रोसँग हेर्नु आवश्यक छ । आजकाल पसिना नियन्त्रक चक्की पनि बनेका छन् ।

काखीलाई सुक्खा राख्ने, त्यहाँका रौं खौरिरहने, काखीमा डियोडोरेन्ट लगाउने गर्नु राम्रो हुन्छ । नुहाइसकेपछि काखीमा नियमित रूपले फिटकिरी (एलुम)  दल्ने गर्दा गन्ध पूरै हराउँछ ।

एक चम्चा ‘हाइड्रोजिन पेरोक्साइड’ भनिने ब्याक्टेरियानासक तरललाई १ गिलास पानीमा घोलेर तौलियाले शरीरका गन्ध आउने भागमा दल्यो भने गन्ध पैदा गर्ने ब्याक्टेरिया नष्ट भई गन्ध हराउँछ ।

सरसफाई र स्वास्थ्यमा ध्यान

काखीमा पसिना आउने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ । विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ । हावा छिर्ने (प्राय कटन र फाईबर) का लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ ।

खाना खाँदा बिचार

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ । यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

काखीमा कागती

कागतीको रस दल्नु सबैभन्दा उपर्युक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ ।

तुलसी र निम पात

तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् । यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ । तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ । नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ ।

छालाको पीएच घटाउ

एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ । स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =