अधिकारी हत्याकाण्डका आरोपी छविलाल छुुटे : प्रचण्ड गएनन्, बाजागाजासहित पुुगे समर्थक

“काठमाडौँ, भदौ २५ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डका आरोपी छविलाल पौडेल रिहा भएका छन् ।
जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल सोमबार बिहान रिहा भएका हुुन् ।
चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
छविलालले असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि छविलालसहित १२ जनाले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।
रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले पञ्चेबाजासहित केहीबेर र्यालीसमेत निकालेका थिए ।
यसअघि नेकपाका अध्यक्ष प्रचण्ड स्वयं पौडेलको स्वागतका लागि जाने भनिए पनि उनी भने उपस्थित भएनन् ।”








