पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध भारत बन्द, मोदी विरोधी नारा

“नयाँ दिल्ली, भदौ २५ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् ।

भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ (भारु) प्रतिलिटर भन्दा माथि छ । यो हालसम्मकै उच्च मूल्य बताइन्छ ।

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले भने, ‘कांग्रेसले भारत बन्दको आह्वान गरेको छ, अन्य विपक्षी दलले पनि यसको समर्थन गरेका छन् ।’

उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =