करेन्ट लागेर दिनेशको मृत्यु
२०७४ जेठ १५ गते

“भद्रपुर, भाद्र २४ । माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनकारी दिएको छ । घर नजिकै रहेको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका दाहाल दमकमा अवस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा आज उनको मृत्यु भएको हो।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








