काठमाडौंको साँखुमा तीन बालबालिकालाई बन्धक बनाइ लुटपाट
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ २४ । काठमाडौँको साँखुमा तीन बालबालिकालाई बन्धक बनाइ लुटपाट गर्ने २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई कठमाडौ शंकरापुर–५, शालिनदी साँखु बस्ने सजक मिजार रहेको प्रहरीले जनाएको छ ।
सजकले सोही ठाउँ बस्ने तीन बालबालिकालाई सोही ठाउँमा बन्दै गरेको घरमा लगेर बन्धक बनाई सुनको मुन्द्रा २ थान, चाँदीको मुन्द्रा २ थान, सिक्री १ थान र ब्यागसमेत लुटेर लगेको प्रहरीले जनाएको छ ।
लुटिसकेपछि उनले बालबालिकाका अभिभावकलाई फोन गरी २५ हजार लिएर आउनु भनी उनीहरूलाई छाडेर गएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








