भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनको लागी प्रशिक्षण कार्यशाला

“
धरान, सुनसरी, भाद्र, २४ । भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनको लागी प्रशिक्षणा कार्यशाला प्रदेश नं १ सुुनसरी जिल्लाको धरानमा शनिबार सम्पन्न भएको छ ।
शुक्रबारबाट सुरु भई दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यशालामा स्थानीय सरकारका जनप्रतिनिधीहरु ,नगरपालिका, गाउँपालिकाका प्रमुख उप प्रमुख र राष्ट्रिय भवन निर्माण संयियता कार्यन्वयानमा प्रत्यक्ष संलग्न हुने अधिकारीहरु, प्रशासकिय अधिकृत नक्सापास शाखाकाका अधिकृत लगायत ४० जनाको सहभागीत रहेको थियो ।
सो कार्यशालामा राष्ट्रिय भवन निर्माण संहिता प्रभावकारी कार्यान्वयन नक्सा पास प्रकृयालाई अझ सरल ब्यवस्थित र प्रभावकारी बनाउने उपाय र बिकास रणनिति, बस्ती बिकास तथा भवन ऐनको कार्यान्वयनका बिषयका छलफल गरिएको थियो ।
धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको कंचनजंघा ब्याङकेट हलमा गरीएको कार्यशालाले नगर तथा गाउँपालिकाहरुका नयाँ बन्ने सम्पूर्ण घरहरुलाईृ भुकम्प प्रतिरोधि बनाउनका लागी भवन निर्माण ईजाजत प्रक्रियाको बिकास कार्यान्वयन तथा उपयुक्त नियम र नियन्त्रण प्रणालीको बिषयमा सबै स्थानीय सरोकारहरुको बुझाईमा एकरुपता ल्याउन र नगरपालिकाहरुको योजनामा बिपत तथा जोखिम न्यूनिकरणका गतिबिधिहरुलाई समावेस गर्न सहयोग पुर्याउने उदेश्य रहेको थियो ।
भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल एन सेटका कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले भवन निर्माण संहिता कार्यान्वयन र कार्यशालालको बारेमा आफनो धारणा राखेका थिए ।
कार्याशाला प्रशिक्षण कार्यक्रममामा प्रदेश नं १,२ र ३ का धरान ईटहरी जनकपुर, फिदिम, धनकुटा, दमक,कमल, मिथिला, बर्दिबास र मन्थली नगरपािलका तथा गाउँपालिकाहरुको प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालाय र सहरी बिकास भवन निर्माण बिभागको मार्ग निर्देशन, धरान उपमहानगरपालिका र भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एन सेट) को संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यशाला भएको हो ।
“








