बेगनास तालमा डुङ्गा पल्टिँदा हराइरहेका ६ जनाको खोजी हुँदै

“पोखरा, भदौ २४ । बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जनाको खोजी भइरहेको छ । दर खाएर फर्किने क्रममा डुंगा डुब्दा २ जनाको ज्यान गएको थियो भने ६ जना हराइरहेका छन्।
दुर्घटनामा ४ वर्षका रञ्जित गैह्रे, ५ वर्षका प्राचिन पौडेल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, अन्दाजी १८ वर्षकी मनिषा बजगाईँ र ३२ वर्षका रवी खनाल, बेपत्ता रहेको र गोताखोरको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ्गले जानकारी दिए।
बेगनासताल पारी दर खाने कार्यक्रममा जाँदै गर्दा डुंगामा रहेका एकजना बालक तालमा खसेपछि उनलाई बचाउन खोज्दा डुंङ्गा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार पछि घर फर्किएका छन्।
डुंगा डुब्दा पोखरा २८ की कृष्णकुमारी वजगाँई र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको ज्यान गएको हो।”








