पत्रकार आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २४ । पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक सामाजिक मनोविज्ञानका विषयवस्तुमा आधारित छ । पुस्तकको साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योती जंगलले सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार धरावासीले वर्तमान समय सापेक्ष विषयवस्तुलाई समेटेर उपन्यास तयार पारेकाले यसले आम पाठकको मन जित्ने बताए ।
कवि जंगलले समाजमा रहेको वर्तमान अवस्था र युवा मानसिकतालाई उपन्यासमा निकै सरल तथा मिठो ढंगले प्रस्तुत गरिएको बताए । गायक शर्माले उपन्यासको भाषा निकै सरल र विषयवस्तुले युवापुस्तालाई केन्द्रमा राखेर लेखिएकाले उपन्यास राम्रो रहेको बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








