साफ च्याम्पियनसीप: समुह विजेता बन्दै नेपाल सेमिफाइनलमा

भाद्र २३, काठमाडौँ । नेपाल साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशसँगको खेलमा नेपालका लागि स्ट्राइकर विमल घर्ती मगर र नवयुग श्रेष्ठ नायक भए । नेपालले पहिलो गोल खेलको पहिलो हाफको ३३ औं मिनेटमा गर्यो ।

पहिलो गोल स्ट्राइकर बिमल घर्ती मगरले फ्रिकिक मार्फत गरे । बिमलको प्रहार विपक्षी गोलकिपरको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो । दोस्रो गोल नेपालले खेलको दोस्रो हाफको ९० औं मिनेटमा गर्यो ।

दोस्रो हाफमा भरत खवासका स्थानमा आएका नवयुग श्रेष्ठले गोल गरे । नेपाल समुह चरणको विजेता भएको छ । आयोजक राष्ट्र बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेल बंगलादेशलाई सेमिफाइनल पुग्न बराबरी पर्याप्त भएपनि उनीहरुका स्ट्राइकर चल्न सकेनन् । उनीहरुले एउटै प्रहार नेपालको पोस्टमा लक्षित भएन ।

खेलमा नेपालले शुरुवातबाटै आक्रमक फुटवल पस्केको थियो । खेलमा नेपालले साफ खेलको दोस्रो खेलमा भुटानसँग ४–० ले विजयी हुँदै लयमा फर्किएको थियो । त्यस अघिको पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो । समूह उपविजेताका रुपमा पाकिस्तान पनि सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले नेपाललाई पहिलो खेलमा २–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =