काभ्रे: तीजको दर खाएका सय बढी बिरामी

“
काठमाडौं, भदौ २३ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै तिजको दर खाने खुवाउने कार्यक्रमपनि बढिरहेको छ । अझ भन्नुपर्दा १ महिनाअघिदेखिनै तीजदर कार्यक्रम सुरु हुने गर्छन् । यसैक्रममा काभ्रेमा तीजको दर खाएका १ भन्दा धेरै बिरामी परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सय बढी बिरामी परेका हुन् ।
ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरू बिरामी परेका हुन् ।दर खाने कार्यक्रममा झण्डै चार सय जना सहभागी भएकोमा धेरैजसो बिरामी परेका छन् । बिरामी परेका मध्ये एक सयमा बढीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
बिरामीलाई उपचारका लागि धुलिखेल अस्पताल, त्रिवेणी अस्पताल, शिरमेमोरियललगायतका अस्पतालमा पठाइएको छ भने केहीको पाँचखालस्थित क्लिनीकमा उपचार भइरहेको छ ।
“








