विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण
२०७४ जेठ १५ गते

“
कैलाली, भाद्र २२ । जिल्लाको लम्कीचुहा नगरपालिका १ स्थित बालकल्याण माध्यामिक विद्यालयका विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ ।
३९ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कलले ५ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरेको हो ।
सर्कलले प्रति विद्यार्थी १ थान झोला, ६ थान नोटबुक, २ थान सिसाकलम, १ थान सापनर सहित कक्षा १ का भावना गिरी , सरिता बुढा कक्षा २ का महेन्द्र देवल कक्षा ३ का सुनिल सार्की र गोमा शर्मालाई उक्त सामग्री वितरण गरिएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








