जेल ब्रेकर उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, भदौ २२ । विप्लव समूहका नेतृ उमा भुजेललाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो ।

भुजेललाई क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भदौ १२ मा बालाजुबाट प्रहरीले  पक्राउ  थियो । लगतै अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको हो ।

आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ । सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =