मानव बेचबिखन ओसार पोसार विरुद्ध अन्तरक्रिया

भाद्र २२, सुनसरी । सुनसरीको दुहवी १० नम्वर वडा कार्यालय भवनमा मानव बेचबिखन ओसार पोसार विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘संघियताको महत्वपूर्ण सार मानव बेचबिखन अन्त्यकालागि जिम्मेवार र सहकार्य सहित गरौं’ खवरदारीको मूल नारा साथ दुहवी नपा वडा नं १० मा अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले यस प्रकारको कार्यक्रमले मानव बेचबिखन विरुद्धको नारालाई सार्थक बनाउन हामी सबैमिली सहकार्य गर्नुपर्ने बताइन् । उनले महिला दिदी बहिनीहरुले फेसबुकको नकारात्मक पाटोलाइ छोडेर सकारात्मक पाटो अपनाउनुपर्नेमा जोड दिइन् ।

उक्त कार्यक्रम ओरेक नेपाल र दुहवी नपाको सहयोग र आवाज नेपालको आयोजनामा भएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथि दुहवी १० नम्वर वडाका वडाध्यक्ष लधुराम माझि रहेका थिए । दुहवी नपाकी महिला विकास अधिकृत मञ्जु लोहनीले कार्यक्रमको वारेमा प्रकास पारेकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =