कर्मचारीहरुलाई प्रधानमन्त्रीले भने– ‘घुस खाएको समाचार सुन्नु नपरोस्’

काठमाडौँ, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई घुस खाएर काम नगर्न आग्रह गरेका छन् ।

शुक्रबार निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिँदा घुस नखान आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कर्मचारीले घुस खाएको समाचार बारम्बार आइरहन्छन्, अब यस्तो सुन्नु नपरोस् ।’

उनले कर्मचारीहरुलाई सेवा सुविधाको लोभ र लालचमा नपरी अनावश्यक खर्च नियन्त्रण गरी काममा ढिलासुस्तीको अन्त्य गर्न निर्देशन दिए ।

विषयगत कर्मचारीको अभाव भएतापनि मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ प्रशस्तै रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारी संख्या पर्याप्त छ, दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् ।’

प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियन कानूनी हैसियतको संस्था भएको र यसको उद्गम संस्था ट्रेड युनियन सङ्गठन यथावत् रहने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =