प्रधानन्यायाधीशमा सिफारिस मिश्रमाथि परेका उजुरी माथि आज अध्ययन गरिदैं

काठमाडाैं, भदाै २२ । संघीय संसदको सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि परेका उजुरी माथि आज अध्ययन गर्दैछ । अस्ति बुधवारसम्मको समय भित्र मिश्र बिरुद्ध परेका चार वटा उजुरी माथि अध्ययन गर्दै समितिले थप कार्यतालिका सार्वजनिक गर्ने समिति सदस्य समेत रहेका नेकपा सांसद योगेश भट्टराईले जानकारी दिए ।

आजको बैठकले उजुरीकर्तालाई बोलाउने, प्रस्तावित प्रधानन्यायाधीश मिश्रसँगको सुनुवाईको समय र मिति तय गर्नेछ । प्रधानन्यायधीशमा सिफारिस दीपकराज जोशीको नाम संसदीय समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषद्ले मिश्रको सिफारिस गरेको हो ।

सदस्य भट्टराईकाअनुसार, आजैको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेमाथिको सुनुवाई प्रक्रिया सुरु गर्दैछ । बैठकले घिमिरेमाथि उजुरी दिने समय निर्धारण गर्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =