अमृता श्रीपाल र रन्जित परियारकाे खैनीले… चर्चामा (भिडियाेसहित)

काठमाडाैं, भदाै २२ । हरितालिका तीज नजिकीदैगर्दा तीजबिशेष गीतहरू बजारमा एककपछि अर्काे अाइरहेका छन् । अहिले बजार, गाउँघर सबैतीर तीजका गीतनै बढि गुन्जिने गरेकाे पाइन्छ ।

यसैक्रममा लाेकदाेदाेहाेरी गायक रन्जित परियार र अमृता श्रीपालकाे अावाजमा रहेकाे तीज गीत ‘खैनिले…’ भिडियाेसहित बजारमा अाएकाे छ । गीत  बजारमा अाएकाे छाेटाे समयमानै दर्शक श्राेताकाे मन जित्न सफल भएकाे छ ।

अमृता श्रीपालको प्रस्तुतिमा रहेको उक्त गीतमा गायक परियारकै लय रहहेकाे छ भने नेत्र अर्यालको शब्द  रहेको छ। गीतमा अहिलेकी चर्चित माेडल  अन्जली अधिकारी र गायक स्वयं परियारकाे अभिनय तथा नृत्य देख्न सकिन्छ ।  गीतमा साेल्टीसाेल्टीनी बिचकाे मायालाइ दर्शाइएकाे छ । उक्त गीतबाट गायीका श्रीपाल छायाँछबी तीज म्युजिक अवार्ड २०७५ मा  उत्कृष्ट तीज दोहोरी नव–गायिका तर्फ मनाेनयनमा परेकी छिन् ।

मौसम हिमालको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको भिडियोको सम्पादन नबिन घर्ती मगरको रहेको छ ।

https://www.youtube.com/watch?v=iOq5ia-5J_s”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =