सामुदायिक विद्यालयको अवस्थालाइ माथी उठाउँन अतिरिक्त क्रियाकलाप तथा सम्मान

दुहवी, भाद्र २१ । सुनसरीको गढी गाउँपालिकामा सामुदायिक विद्यालयको जर्जर अवस्थालाइ माथी उठाउँन अतिरिक्त क्रियाकलाप र सम्मान कार्यक्रम समपन्न भएको छ ।

गढी स्थित गढदेव आधारभुत विद्यालयको आयोजनामा बिहीवार अन्तर विद्यालय नृत्य, चित्रकला र वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम समपन्न भएको हो । कार्यक्रमका विशिष्ठ अतिथि रहँनु भएका गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र उपाध्यक्ष राजकुमारी चौधरीले यस क्षेत्रका सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रमको सह–आयोजक डिजिटल औराबनी निर्माण अभियानले गरेको थियो भने प्रायोजन गढी गाउँपालिका स्थित हिमशिखा ईङलीस बोर्डीङ स्कुलले गरेको थियो । कार्यक्रममा नृत्य, चित्रकला र वक्तृत्वकलामा उत्कृष्ट हुँने विद्यार्थीहरुलाइ अध्यक्ष श्रीप्रसाद यादव र उपाध्यक्ष राजकुमारी चौधरीले ले पुरस्कार वितरण गरेका थिए।

डिजिटल औराबनी निर्माण अभियानका यूवाहरु यस क्षेत्रमा विकास निर्माणका काममा चासो राख्दै सरकारी सामुदायिक विद्यालयको अवस्थालाई माथी उठाउँन लागिपरेका छन । यस क्षेत्रमा सरकारी सामुदायिक विद्यालयको अवस्था एकदमै खराव रहेको विद्यार्थीहरुबाट बुझिएको छ ।

गढदेव आधारभुत विद्यालयलाइ नमुना विद्यालयल बनाउँने उदेश्यले अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम गरिएको डिजिटल औराबनी निर्माण अभियानका विद्यानन्द यादवले वताएका छन । उक्त कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र उपाध्यक्ष राजकुमारी चौधरीलाइ सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी अभिभावक शिक्षक, यूवाहरु, समाजसेवी लगायतको उल्लेख्नीय उपस्थिीती रहेको थियो । कार्यक्रम संचालन डिजिटल औराबनी निर्माण अभियानका श्रवण यादवले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =