धादिङ गजुरीवाट लागुअाैषध सहित दुई पक्राउ

धादिङ, भाद्र २१  । प्रतिबन्धित लागूऔषध सहित धादिङ प्रहरीले दुुई जनलाई प्रकाउ गरि जिल्ला अदालत पठाएकाे छ ।

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट दुई जनालाई पक्राउ गरेको हाे ।

लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा हाजिर गराईएकाे धादिङ प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले बताए । प्रहरीका अनुसार प्रकाउ गरिएकाहरूलाई लागुअाैषध एेन अन्तर्गत मुद्दा चलाईने बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =