‘यहाँ नेता नचाउने व्यापारी छन्, म जस्तो फुच्चे मन्त्रीलाई कसले टेर्छ ?’

काठमाडौँ, भदौ २१ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालका केही व्यापारीले विदेशी लगानीकर्ता भड्काउने गरेको आरोप लगाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले दुई पक्षीय लगानी सम्झौताको बारेमा गरेको कार्यक्रममा आपूर्तिमन्त्री यादवले नेपालमा उद्योग भन्दा व्यापारी धेरै भएकाले व्यापारीहरुले आफ्नो व्यापार घट्ने डरका कारण विदेशी लगानीकर्तालाई नेपाल छिर्न नदिएको आरोप लगाएका हुन् ।

उनले विदेशी लगानीकर्तालाई सहज बनाउन र समस्या समाधानको लागि एउटा समिति बनाएर काम गरिरहेको बताए । ‘अबको केही महिनामै एकद्वार प्रणालीबाट विदेशी लगानी भित्र्याउन सकिने संरचना बनिसक्छ,’ उनले भने ।

साथै मन्त्री यादवले व्यापारीले ठूला नेतालाई नै चलाउन सक्ने भएकोले व्यापारीले आफूलाई नटेरेको गुनासो पोखे ।

बजार अनुगमन गरेर व्यापारी तर्साएको आरोप गलत भएको दाबी गर्दै उनले भने, ‘यहाँ नेता नचाउने धेरै व्यापारी छन्, उनीहरुको पहुँच ठूलो छ, म जस्तो फुच्चे मन्त्रीलाई कसले टेर्छ, मन्त्रीसँग को तर्सन्छ ? बजार अनुगमन गरे पनि दोष आउने र नगरे पनि दोष आइरहेकाले वाक्क भएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =