थापाथली: झोलामा पोको पारेर फालिएको अवस्थामा पाँच महिने शिशुको शव फेला
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ २० । काठमाडौँको थापाथलीस्थित बाग्मती नदी र धोबी खोलाको दोभानमा झोलामा पोको पारेर फालिएको अवस्थामा करिब पाँच महिने बालकको शव फेला परेको छ।
थापाथलीको रुद्रेश्वर मन्दिर नजिकै दोभानमा बिहिबार बिहान करिब ९ बजेतिर रातो रङ्गको झोलामा प्रहरीले बालकको शव फेला पारेको हो।
बालकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। बालकको टाउको सामान्य बालकको भन्दा धेरै ठूलो, हात खुट्टाहरू अस्वाभाविक साना र बच्चाको शरीर केही कमजोरजस्तो रहेको प्रहरीले जनाएको छ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जेब्रा झोलामा बालकको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








