कांग्रेस बैठक एकहप्ता सर्यो

“काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एकहप्ता सरेको छ । विहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण भन्दै भदौ २८ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्नेलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा थप गृहकार्य गरेर २८ गतेको बैठकमा पेश गर्ने तयारी रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =