साफ च्याम्पियनसिप फुटबल : नेपाल आज भुुटानसँग भिड्दै, अघिल्लो चरणका लागि जित्नै पर्ने

“काठमाडौँ, भदौ २१ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले बिहिबार भुटानसँग प्रतिष्पर्धा गर्दै छ। सेमिफाइनल सम्भावनालाई कायमै राख्नका यो खेल जित्नै पर्ने दवावमा समुह ‘ए’ अन्तर्गत भुटान विरुद्ध भिड्न लागेको हो।

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि नेपाल दबाबमा परेको छ। नेपालका लागि आज भुटानविरुद्धको खेलमा निर्विकल्प जित आबश्यक छ। हारले प्रतियोगिताको अघिल्लो चरण संभावनाको अन्त्य हुने छ। बराबरीले गणितिय संभावनामात्र बाँकी रहने छ।

नेपालका लागि भुटान तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्दिका रुपमा हेरिएको टिम हो। पाकिस्तानपनि नेपाल भन्दा कमजोर प्रतिद्वन्द्विकै रुपमा हेरिएको टिम भएकाले यो समूहमा बंगलादेश र नेपाललाई अघिल्लो चरण प्रवेश गर्न सक्ने टिमका रुपमा हेरिएको थियो।

तर नेपाल पहिलो खेलमा नै पाकिस्तानसँग पराजित भएसँगै अघिल्लोचरण संभावनामा नै धक्का पुगेको छ। नेपालले भुटानविरुद्धको साफ च्याम्पियनसिपमा निरन्तर जित निकालेको छ। नेपाल भुटानसँग अपराजित रहेकाले भुटानविरुद्धको खेल नेपालका लागि प्रतियोगितामा टिकाइ राख्न मात्र होइन प्रतिष्ठा जोगाउन पनि जित्नु पर्ने दबाब छ।

दुई पटक भिड्दा दुवै खेलमा नेपाल विजयी भएको थियो। सन् २००३ मा भुटानमाथि २–० को जित निकालेको नेपालले २००५ मा ३–१ ले विजयी भएको थियो। तर पछिल्ला केहि वर्षयता भुटानले आफुलाई परिष्कृट गर्दे लगेको छ।

केहि समय अघिसम्म फराकिलो अन्तरको हारमात्र चाख्ने गरेको भुटान अब बलिया टिमलाई कडा चुनौती दिनसक्ने हैसियतमा पुगेको छ। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक बालगोपाल महर्जनले अब नेपाली टिमले जित निकाल्नुको विकल्प नभएको बताए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =