स्थानिय जनताहरुले जनप्रतिनिधिलाई करिव ३ घण्टा तातो घाममा उभ्याए

“
दुहवी, २० भाद्र । बाढी पीडितको नाममा आएको रकम जनप्रतिनिधिहरुले आफ्ना कार्यकर्ता र आफन्तलाइ बाढेको भन्दै तीन घण्टासम्म तातो घाममा स्थानीयले उभ्याएका छन् ।
बुधवार दुहवी वडा नम्वर १२ (पूर्व कुशाहा) का जनप्रतिनिधिहरुलाई तातो घाममा उभ्याएर स्थानियले आफ्नो आक्रोस पोखेका हुन् । उनीहरुले आफ्नो घर बगाउँदा समेत आफुले राहत नपाएको तर गैर बाढी पीडितहरुले पाएको भन्दै जनप्रतिनिधिलाई आक्रोस पोखेका थिए ।
स्थानिय इद्रिस मियाँले अहिले पनि आफ्नो घर भत्केको अवस्थामा रहेको तर नक्कली बाढीपडितहरुले राहत पाएको दाबी गरेका छन । यसैगरि स्थानीय छुतरु पासवानले जनप्रतिनिधिहरुले बाढी पिडितको नाममा आएको राहत रकमको २५ हजारमा १५ हजार कमिसन लिएको आरोप लगायका छन् ।
स्थानीयले जनप्रतिनिधिहरुलाई वडा कार्यालय बाहिर उभ्याएर राख्दा जनप्रतिनिधिहरु जान खोजेपछि ठुलो संख्यामा आएका भिडले रोकेर राखेको थियो । सो क्रममा कुनै अप्रिय घटना न होस भनी नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरामा राखेको थियो ।
बाढी पीडितको रकम आफन्तलाई बाँडेको त्यहाँका वडा सदस्य मोजााहिर मियाँले स्वीकार गरेपछि स्थानिय जनता थप अक्रोसित भएका थिए । गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको यो क्षेत्रका लागि आएको बाढीपीडितको रकम जनप्रतिनिधिले नक्कली बाढीपडित बनाई रकम कुम्ल्याएको भन्दै दुहवी वडा नम्वर १२ कार्यालय वुधवार दिनभरजसो तनावग्रस्त रह्यो ।
उनीहरुले १ हप्ता अगाडी पनि शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै ६ बुंदे माग सहितको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा बाढी पिडीतको नाम सार्वजनिक गर, वास्तविक बाढी पिडीत पहिचान गर, उपभोक्ता समितिहरुको नामावली सार्वा्निक गर, आ.व. २०७४/०७५ को आय व्यय सार्वजनिक गर, कर्मचारी नियुक्तिको प्रक्रिया केहो सार्वजनिक गर, नाजायज कर खारेज गर उल्लेख रहेको थियो ।
सो ज्ञापनपत्रको प्रतिउत्तर चित्तबुझ्दो नभएपछि स्थानीय थप आक्रोसित भई जनप्रतिनिधिलाई नै घेराबन्दी गरेका हुन् ।
“








