लाईसेन्स वितरणको अनिमियतता रोक्न युवा संघको माग
२०७४ जेठ १५ गते

“
धनगढी, भाद्र २० । यातायात कार्यालय धनगढीले सवारीसाधन चालक अनुमति पत्र (लाईसेन्स) वितरणमा हुने अनिमियतता नियन्त्रण गर्न भन्दै धनगढी उपमहानगरको नेकपा निकट नेपाल युवा संघले जिल्ला प्रसाशन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार नगर युवा संघ अध्यक्ष विश्वास शाहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी बामुराम श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् हो ।
यातायात व्यवस्था कार्यालय धनगढीलाई यातायातका कर्मचारीले ट्राफिक प्रहरीको मिलोमतोमा मोटो रकम असुलेर अनुत्तीर्णलाई सवारीसाधन चालक अनुमति पत्र दिने परिपाटि रोक्न ज्ञापन बुझाएका हुन् ।
ज्ञापनपत्र मार्फत आफूहरुको मागको सम्बोधन नभए विरोध कार्यक्रमको आयोजना गर्ने युवा संघले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








