कांग्रेसका सांसद सिंहले किन मागे प्रधानमन्त्रीको राजीनामा ?

काठमाडौं, भदौ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।

सरकार स्वइच्छाचारी ढंगले चलेको, लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गरेको आरोप लगाउँदै सांसद सिंहले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

सरकार स्वएच्छाचारी र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताए। ‘बर्दियामा प्रहरीले नियन्त्रणमा लिइएका राममनोहर यादवको मृत्युले सरकारको स्वच्छाचारीता देखिएको छ ।’ उनले भने ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गुलरियामा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका यादवको भदौ १६ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

विधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम् संविधान उल्लंघनमा सक्रिय भएको उनको भनाइ छ ।

संविधानले नेपाली नागरिकलाई विना रोकतोक हिँडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उल्लंघन गर्दै सरकारले पुर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनले दाबी गरे। ‘व्यक्ति व्यक्तिले सरकारसँग स्वीकृति लिन सकिन्छ ? पासपोर्टमा लेखेको पढ्न नजान्ने पनि कर्मचारी हुन्छ ?’ उनले भने ।

‘संविधान भन्दा माथि कोही पनि हुँदैन। संविधानको उलंघन गर्ने सरकारको औचित्य छैन।’ उनले भने, ‘हामीले राजा बनाएको होइन। प्रधानमन्त्री बनाएको हो। संविधानको उल्लंघन गर्न बनाएको होइन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =