अब काठमाडौँमा राति १० बजेसम्म सार्वजानिक गाडी पाइने

“काठमाडौँ, भदौ २० । काठमाडौं उपत्यकामा अबदेखि राति १० बजेसम्म सार्वजानिक गाडी चल्ने भएका छन् । यातायात व्यवस्था विभागले राति ८ बजेपछि यात्रुहरु अलपत्र परेको गुनासो बढ्न थालेपछि १० बजे रातिसम्म गाडी चलाउने निर्णय गरेको हो ।

सार्वजनिक सवारी कम्पनीहरुले राति १० बजेसम्म आफ्नो सवारी चलाउने करारनामा गराए मात्रै रुट इजाजत पाउनेछन् । सार्वजनिक सवारी साधन रातको ८ बजेपछि नचल्दा यात्रुहरु समस्यामा पर्ने गरेका थिए।

विभागले राति १० बजेसम्म सवारी साधन चलेमा हतारमा कोच्चिएर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको छ ।

अहिले साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । साझाले राति साढे ८ बजेदेखि ११ बजेसम्म बस सेवा दिए पनि सबै रुटमा सेवा दिन सकेको छैन ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =