बलात्कारी जोगाउने एसपीलाई प्रबल जनसेवाश्रीबाट विभूषीत

“काठमाडौँ, भदौ २० । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई विभूूषण गरिएको छ । माझीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्रीबाट विभूषण गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा उनले बलत्कारीलाई जोगाएको भन्दै विभागीय कारबाही गरिएको थियो ।

आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । त्यसपछि गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो ।

उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् ।

अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन ।

निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *