आजको राशीफल

काठमाडौं, भदौ २० ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । आर्थिक कारोवारमा सफलता पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक
धन लाभ हुनेछ । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम पुनः सुरु हुन सक्छन् सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । शुभकार्यको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । रमाइलो यात्राको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *