छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा शिलबन्दी

राजविराज, भदौ १९ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा शिलबन्दी गरिएको छ ।

दूध सङ्कलन केन्द्रमा सरसफाइ नगरेको, व्यक्तिको स्वास्थ्यमा असर पर्ने गरी रसायन प्रयोग गरेको भन्दै माथिल्ले तहमै उजुरी परेपछि शिलबन्दी गरिएको खाद्य निरीक्षक सुरेशकुमार सिंहले बताए ।

खाद्य उद्योगले खाद्य अनुज्ञापत्र लिई मात्र उद्योग सञ्चालन गर्नुपर्नेमा सो समेत नदेखिएकाले समेत शिलबन्दी गरेको खाद्य निरीक्षक सिंहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजेन्द्र निरौला, घरेलु तथा साना उद्योग कार्यालयका खगेन्द्र बुढाथोकी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्तासहितको टोलीले उक्त छिन्नमस्ता दूध सङ्कलन केन्द्रमा तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =