बिमस्टेकबारे प्रधानमन्त्रीः ‘नेपालले विद्युत बेच्ने बाटो खोलेको छ’

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको संसद बैठकमा बिमस्टेकबारे सांसदलाई जानकारी गराएका छन् ।

बैठकमा उनले बिमस्टेकको चाँथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको दावी गरेका छन् । अत्यन्त सफलतापूर्वक सम्पन्न भएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनले नेपालले पनि चाह्यो भने गर्न सक्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।

ओलीले यति छोटो समयमा शिखर सम्मेलन सम्पन्न गर्नु सक्नु नै नेपालको सफलता भएको बताए ।

‘शिखर सम्मेलनका क्रममा उर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौता सदस्य राष्ट्रबीच उर्जा क्षेत्रको अभिवृद्धि र व्यापार प्रवद्र्धन गर्ने सम्बन्धमा निकै महत्वपुर्ण हुनुको साथै यसले नेपालले विद्युत् उत्पादन गरि सदस्य राष्ट्रलाई बेच्न सक्ने बाटो खोलेको छ।’ उनले भने ।

चौथो शिखर सम्मेलनको घोषणापत्रले पञ्चशीलका सिद्धान्तहरु, सार्वभौम सत्ताको समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा हस्तक्षेप र शान्तिपुर्ण सह–अस्तित्व तथा आपसी लाभका आधारमा बिमस्टेक सदस्य राष्ट्रहरुकाबीच सहयोग आदान प्रदान गर्ने प्रतिवद्धता पुन व्यक्त गरेको उनको भनाइ थियो ।

सो क्रममा सहभागी सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुबीच भएका छलफलले पनि एक अर्काप्रति आत्मीयता बढाएको भन्दै उत्साहपूर्ण सम्मेलन सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *