‘प्रधानमन्त्री ओलीको बोली मात्रै, आकाशका तारा खसाल्ने कुरा गर्छन्’

तनहुँ, भदौ १९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भन्दा बढी बोली भएको बताएका छन् ।

मंगलबार तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता पौडेलले नेपाललाई अहिले सामान्य विकास चाहिएको अवस्थामा प्रधानमन्त्री ओली काम कम कुरा बढी गर्नतिर लागेको बताएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखियो । नेपाललाई अहिले सामान्य विकास चाहिएको छ’, उनले भने, ‘तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका छन्’

उनले मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हुन्  कि ! भन्ने शंका व्यक्त गरे ।

तनहुँका गाउँ–गाउँमा धेरै बाटाहरुको डिपीआर भएको तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर रोकेको जानकारी दिँदै नेता पौडेलले वर्तमान सरकारले ठुला र काम सुरु भएका आयोजनाहरुलाई समेत अलपत्र पारेर नालायकीपन देखाएको आरोप लगाए ।

नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =