अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते

“धनुुषा, भदौ १९ । धनुषामा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् । गोली लागेर लक्ष्मीनियाँ गाउँपालिका १ का ३५ बर्षिय संजय शर्मा गम्भीर घाइते भएका हुन् ।

दाहिनेतर्फ पेटमा गोली लागेको शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सोमबार राति साढे ९ बजेको समयमा शर्मा दाजुभाई मोटरसाइकलमा जनकपुरबाट घर फर्किरहेको बेला जनकपुर ढल्केवर सडक खण्डको लक्ष्मीनियाँ बाजार नजिक अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा आएका हतियारधारीले गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *