नेपाल टेलिकमको मोबाइलमा समस्या
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, भदौ १९ । नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो ।
मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् ।
मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित