एसिया कप छनोट क्रिकेट : नेपाल र हङकङ भिड्दै, नेपालले जिते पनि फाइनल कठिन

“काठमाडौं, भदौ १९ । एसीसी एसिया कप छनोट क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै छ । छनोटको सुरुका दुई खेलमा पराजित भएको नेपाललाई फाइनलमा प्रवेश गर्नका लागि अर्काको भर पर्नु परेको छ।

मंगलबार नै हुने अर्को खेलमा ओमानले युएईलाई हराएमात्र नेपालको झिनो आश हुने छ। फाइनल प्रवेशका लागि नेपाललाई जितमात्र पर्याप्त हुँदैन्। त्यसका लागि चमत्कारीक प्रदर्शन गर्नुपर्ने हुन्छ।

युएई विजयी भए नेपालको यात्रामा पूर्णविराम लाग्ने छ। अंक तालिकामा चार खेलबाट ७ अंक बनाएको ओमान र ६ अंक बनाएको युएई शीर्ष दुईमा छन्।

नेपालको चारखेलबाट चार अंक मात्र छ। त्यस्तै हङकङको पांच अंक रहेको छ। आजको दिन चमत्कार भएमात्र नेपाललाई फाइनलमा पुग्न संभव हुदा नेपाल भने दबाव मुक्त भएर खेल्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्वन्द्वी जस्तै हुन्। यी दुई टिमले ७ पटक खेलेका छन् जसमा नेपालले चार खेलमा जित निकालेको छ भने हङकङ दुई खेलमा विजयी भएको छ। एक खेल रद्द भएको छ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =