सरकारको तामझाम केही दिन मात्र


“
काठमाडौँ, भाद्र १८ । बंगालको खाडीको प्रयास (बिम्स्टेक) का लागि काठमाडौँका विभिन्न स्थानमा राखिएका तामझामपूर्ण व्यानर हटाउने काम सुरु भएको छ । सरकारले बिम्स्टेकका लागि आउने पाहुनाको स्वागरार्थ रु ६५ खर्च गरेर टाँगिएका ब्यानर आजदेखि हटाउने काम सुरु गरेको हो ।
सधैं फोहोर थुप्रिएको र मानिसहरुले बाइक सिक्ने ठाउँका रुपमा प्रयोग गर्दै आएको तिनकुने पार्क सम्मेलनका बेला निकै झकिझकाउ देखिन्थ्यो । पार्कको वरिपरि जस्ताले बारेर नेपालका प्रख्यात मन्दिरहरु इंकित ठूल्ठूला व्यानरहरु टाँगिएका थिए ।
पाहुनालाई देखाउन राखिएका स्थान बाहेक अन्य क्षेत्र अझै दुर्घन्धित नै छन् । आखिर कहिलेसम्म जनताले यस्तो सास्ती भोग्नुपर्ने हो ? भन्ने प्रश्न काठमाडौँबासीमा उब्जिरहेको छ ।
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा मात्र पटक पटक विभिन्न कामहरु गरेको छ । तर ती कामहरु जनताका लागि नभई मोदीलाई देखाउन मात्र गरेजस्तो देखिन्छ । सरकारले फोहोर व्यवस्थापनकाक लागि समेत खासै ध्यान दिएको छैन । कुनै विशेष समयमा बाहेक अन्य समय सरकार सधैं मौन देखिने गरेको छ ।
काठमाडौँ उपत्यकालाई सुधार गर्न मेयर विद्यासुन्दर शाक्यले चुनाव जित्नुअघि थुप्रै आश्वासन देखाएका थिए । तर उनको आशाले जनतामा निराशा मात्र छाउन थालेको छ ।
“
