यी इन्जिनियर जसले सर्वसाधारणका लागि कम्प्युटर भित्र्याउने आँट गरे

“
काठमाडौँ, भाद्र १८ । जुन बेला उनले कम्प्युटर ल्याएका थिए, त्यतिबेला सिँहदरबारमा दुईवटा कम्प्युटर बाहेक अन्य कम्प्युटर भित्र्याइएको थिएन् । सर्वसाधारणको पहुँचको कुरा त परै राखौं ।
सिंहदरबारले कामकाजका लागि भित्र्याएका ति कम्प्युटर अहिलेका जस्ता साना र हातमा बोक्न सक्ने थिएनन् । तिनलाई राख्न सिंहदरबारमा छुट्टै कोठाको ब्यवस्था समेत गरिएको थियो ।
उनले कम्प्युटर ल्याउँदा हाते कम्प्युटर अमेरिकामा बनिसकेको थियो । त्यतिबेला उनले १७ हजार डलरमा अमेरिकाबाट कम्प्युटर ल्याएका थिए । जुन सामान्य व्यक्तिको पहुँचमा थिएन् । उनी हुन् नेपालमा नै तेस्रो कम्प्युटर भित्र्याउने इन्जिनियर शंखरनाथ रिमाल ।
उनी अघि सिँहदरवारमा दुईवटा कम्प्युटर ल्याइएका थिए ।
‘अन्य इन्जिनियरलाई पनि बाटो खुलोस भनी सरकारसँग माग गरेर भन्सार छुटमा नै ल्याएको थिएँ ।’ इन्जिनियर रिमालले मकालु खबरसँग भने ।
आफूले कम्प्युटर ल्याइसकेपछि नेपालको राजपत्रमा समेत राख्न लगाएको उनी बताउँछन् ।
‘कम्प्युटर ल्याउँदा इन्जिनियरलाई कम्प्युटरको के काम भनेर सबैले गिज्याउँथे ।’ उनी थप्छन्, ‘मैले भने डिजाइनिङका लागि महत्वपूर्ण ठानेर नै ल्याएको थिएँ ।’ अरुले जे भने पनि आफ्नो काममा सधैं अटल र क्रियाशिल रिमालले कम्प्युटरको सहायताबाट थुप्रै भवन तथा सम्पदाको डिजाइन बनाउन थाले ।
आफू पछि नेपालका अन्य इन्जिनियरले पनि कम्प्युटरको प्रयोगबाट काम सञ्चालन गर्न थालेको उनी बताउँछन् । उक्त कम्प्युटरपछि रिमालले पकेटमा राख्न मिल्ने कम्प्युटर किनेर ल्याएका थिए ।
‘कम्प्युटर ल्याउँदा इन्जिनियरलाई कम्प्युटरको के काम भनेर सबैले गिज्याउँथे ।’
रिमालले पहिलो पटक सन् १९७५ सालमा ल्याएको कम्प्युटर उनको घर कमलादी स्थित नागपोखरीमा सुरक्षित छ । जुन अहिलेका पिढीका लागि इतिहास नै बनिसकेको छ ।
विश्वमा सर्वप्रथम ७० को दशकमा कम्प्युटरको आविस्कार भएको थियो । आफूले व्यक्तिगत रुपमा नै पहिलोपटक कम्प्युटर भित्र्याएको भन्दा उनी निकै प्रफुल्लित थिए । सयवर्ष अघिको सामाजिक धरालतमा आम सर्वसाधारणले लेखपढ समेत गर्न पाउने थिएनन्, रिमालले कम्प्युटर नै ल्याइदिएपछि उनी कम्प्युटर हिरो नै भइदिए ।
उनले वि.सं.२०१३ सालमा भारतमा स्ट्रक्चर इन्जिनियरिङ विषय पढ्दै गर्दा नै सरकारी सेवामा लागेर डिजाइनिङको काम गर्दै आएका थिए । रिमालको जन्म वि.सं.१९९१ सालमा काठमाडौँमा भएको थियो । उनको परिवार पुर्खाैदेखि राजपरिवारको काम गर्ने हुँदा सबै शिक्षित थिए । उनको परिवारमा नपढ्नु भनेको नराम्रो मानिन्थ्यो ।
क्रमसः
“








