राप्रपा (प्रजातान्त्रिक) विद्यार्थी संगठनको बरिष्ठ उपाध्यक्षमा निराजन बम

२०७४ जेठ १५ गते

“
काठमाडौं, भाद्र १८ । पुर्नगठन हुन लागेको राप्रपा (प्रजातान्त्रिक) को प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) को उपाध्यक्षमा निराजन बम मनोनित भएका छन् ।
आज बसेको संगठनको बैठकले यस अघि पनि संगठनको उपाध्यक्ष रहिसकेका निराजन बमलाई बरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । संगठनको विभागिय प्रमुखमा पूर्वमन्त्री जगत गौचन रहेका छन् भने, धनशिर शाहीको संयोजकमा कमिटि गठन गरिएको हो ।
विकट कालिकोट जिल्लाको पलाता गाउँपालिका ८ का निराजन बमले उपाध्यक्षमा मनोनित भएपछि विद्यार्थी संगठनलाई नयाँ उचाइमा पुर्याउन लागि पर्ने बताए । उनले आगामी चैत्र भित्र महाधिवेशन गर्ने म्यान्डेट रहेकोले उक्त समय भित्र नै महाधिवेशन सम्पन्न गर्नका लागि जिल्ला, क्षेत्र र प्रदेशमा नयाँ कमिटिहरु गठन गर्न लागि पर्ने बताए । ‘पार्टीले चैत्र भित्र संगठनको महाधिवेशन गर्ने भनेकोले अब सोहि अनुरुप जिल्ला र क्षेत्रिय कमिटिहरुलाई अगाडी बढाउने दायित्व बढेको छ ।’ उनले भने ।
गएको स्थानीय निर्वाचनमा कालिकोटको पलाता गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार समेत रहिसकेका बम प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेद्वार समेत रहेका थिए । उनले कालिकोट स्थित पलाता गाउँपालिकाको स्वास्थ्य सेवा र खाद्य संकटका लागि केन्द्र सरकारसँग समन्वय गरेर धेरै काम गरेका छन् ।
उनले पुनः विद्यार्थी संगठनको उपाध्यक्षमा मनोनित भएपछि पार्टी र विद्यार्थी संगठनलाई नयाँ उचाइमा पुर्याउन सक्रिय रहने बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित