यी फुटवलरकाे रेकर्ड कसले ताेड्ला ?

एजेन्सी । यदि कुनै फुटबल समर्थकलाई उनको सबैभन्दा मन पर्ने खेलाडीको नाम सोध्ने हो भने धरैको जवाफमा स्ट्राइकर नै नाम हुन्छ । स्ट्राइकरले गोल गर्दा खेलमा जुन प्रभाव छाडछन् त्यसले गर्दा उनीहरुको महत्व अझ धेरै हुन्छ ।

विश्वकै उत्कृष्ट खेलाडी को हुन् भन्ने प्रश्नको जवाफमा समेत अधिकांश स्ट्राइकरहरुको नाम जोडिन्छ । अरुभन्दा सफल स्ट्राइकर तिनै हुन्छन् जसको नाममा धेरै संख्यामा गोल रहेको छ । कमै खेलाडीहरुले मात्र आफ्नो करियरमा ४०० भन्दा धेरै गोल गरेका छन् हाल पनि केहि खेलाडी त्यस्ता छन् जो ४ सय गोल गरेर पनि अझै खेलिरहेका छन् ।

१) क्रिस्टियानो रोनाल्डो (६७६ गोल)

सूचिको शीर्ष स्थानमा छन् ९५२ खेलमा ६७६ गोल गरेका क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले क्लबमा रहेर ५७३ गोल गरेका छन् । पोर्चुगलका स्टार स्ट्राइकरले सपोर्टिङ लिस्बनक लागि ५, म्यानचेस्टर युनाईटेडका लागि ११८ र रियल म्याड्रिडबाट ४५० गोल गरेका छन् । गत महिना मात्र यस सिजनका लागि इटालियन क्लब युभेन्ट्स पुगेका रोनाल्डोले सिरी ए मा कति गोल गर्नेछन त्यो भने हेर्न बाँकी नै छ ।

२) लियोनल मेस्सी (६४६ गोल)

८२२ खेलमा ६४६ गोल गरेका लियोनल मेस्सी सूचिको दोस्रो स्थानमा रहेका छन् । आफ्नो फुटबल करिअरमा बार्सिलोनाका लागि मात्र खेलेका उनले सिनियर टोलीको लागि ५५४ र बार्सिलोनाको तल्लो टोलीका लागि ११ गोल गरेका छन् ।

आफ्नो खेल जीवनमा उनले अर्जेन्टिनाका लागि सिनियर टोलीबाट ६५ गोल गरेका छन् । यस्तै अर्जेन्टिनाको यू-२० का लागि १४ र यू-२३ का लागि १६ गोल गरेका छन् । बार्सिलोनाका लागि ३३ ट्रफी जितेका मेसीले ५ पटक फिफा बेलन डी’ओरआफ्नो नाम गरेका छन्।

३) ज्लाटन इब्राहिमोभिच (५०५ गोल) :

फुटबल करियरको ८७६ खेलमा ५०५ गोल गर्दै इब्राहिमोभिच यस सूचिको तेस्रो स्थानमा रहेका छन् । ८ विभिन्न लिगमा १० टोलीका लागि इब्राहिमोभिच ले ४३६ गोल गरेका छन् । नेदरल्याण्डको लिगमा जानु अघि स्विडेनको घरेलु लिगमा १८ गोल गरेका उनले डच घरेलु लिगको टोलीका लागि ४८ गोल गरे । इटालियन महारथी युभेन्ट्समा पुगेपछि उनले दुई सिजनमा २६ गोल गरे ।

त्यसपछि इटालीकै इन्टर मिलानमा उनले ६६ गोल गर्न भ्याए । स्पेनमा बार्सिलोनाको लागि एक सिजनमा २२ गोल गरेका इब्राहिमोभिचले एसी मिलन, पेरिस सेन्ट जर्मन, म्यानचेस्टर युनाईटेड र ग्यालेक्सीका लागि खेलेका छन् ।

४) लुईस सुआरेज (४३० गोल)

आफ्नो फुटबल करियरमा ४ विभिन्न लिगमा गोल गर्ने खेलाडीहुन् लुईज सुआरेज । उरुग्वेको घरेलु लिगबाट फुटबल सुरु गरेका सुआरेजले त्यस लिगमा ३४ खेलमा १२ गोल गरेका थिए । प्रिमियर लिगमा लिभरपुलसँग जोडिनुअघि सुआरेजले नेदरल्याण्डको लिगमा मुख्यत आयाक्सबाट ११४ गोल गर्न भ्याए । लिभरपुलमा रहँदा उनले ८२ गोल गरेका थिए । लिभरपुलसँगको अन्तिम सिजनमा उनले ३१ गोल गर्दै क्रिस्टियानो रोनाल्डोसंग युरोपियन गोल्डेन बुट बाँडेका थिए ।

सन् २०१४ मा लिभरपुल छाडेर बार्सिलोना आएका सुआरेजको प्रदर्शन ला-लिगामा समेत उत्कृष्ट रहेको छ । सन् २०१५/१६ को सिजनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि छाड्दै सुआरेजले ला-लिगामा ४० गोल गरेका थिए ।

५) डेभिड भिल्ला (४१५ गोल)

पाँचौं स्थानमा छन् बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिल्ला । स्पेनका भिल्ला आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनको नाममा राष्ट्रिय टोलीका लागि ९८ खेलबाट ५८ गोल रहेको छ । यद्यपि भिल्लाले उमेर समुहमा आफ्नो देशका लागि गोल गरेका छैनन् ।

विभिन्न क्लबका लागि खेल्ने क्रममा भिल्लाले २३१ पटक गोल गरेका छन् र अधिकांश गोलहरु ला-लिगामा आएका हुन् । यस्तै स्पेनको तल्लो डिभिजनमा समेत उनले ५५ गोल ठोकेका छन् ।

हाल अमेरिकाको न्युयोर्क सिटिका लागि खेलिरहेका भिल्लाले अमेरिकन क्लबको लागि ११३ खेलबाट ७४ गोल गरेका छन् । ला-लिगामा आफुले खेलेका हरेक टोलीका लागि उपाधि जिताएका भिल्ला युरो २००८ र फिफा विश्वकप २०१० मा सर्वाधिक गोलकर्ता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *