महोत्तरीमा धमाधम पशु मर्न थाले
२०७४ जेठ १५ गते

“
महोत्तरी, भाद्र १७ । जिल्लाको सोनमा गाउँपालिकामा धमाधम घरपालुवा जनावर मर्न थालेका छन् । पशु मर्न थालेपछि त्यहाँ पशुचिकित्सक टोली पुग्न थालेका छन् ।
पछिल्लो समय सोनमा गाँउपालिका –८, शिवनगरमा ४ वटा पडा धमाधम मर्न थालेपछि सोनमा गाँउपालिकाले पशु चिकित्सकको टोली घरघरमा खटाइएको हो ।
आइतबार बिहानदेखि प्रभावित क्षेत्रमा पशुचिकित्सक खटाइएको गाउँपालिका अध्यक्ष राजकुमार यादवले बताउनुभयो । आज पहिलो दिन १६ वटा पशुहरुमा रोग प्रतिरोधात्मक खोप लगाइएको अध्यक्ष यादवले जानकारी दिए । बाँकी रहेको पशुहरुमा सोमबार खोप लगाइने यादवले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








