चौताराको अस्थायी बाटो पुनः अवरुद्ध

चौतारा, भाद्र १७ । अविरल वर्षासँगै शनिबार राति आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधीखोलामा बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ ।

गत भदौ २ गतेको बाढीसँगै आएको पहिरोले अरनिको राजमार्गको बाह्रबीसे र खोर्सानीबारी बजार जोड्ने ११ मिटर लामो पक्की पुल बगाएपछि अस्थायीरुपमा ह्यूमपाइप राखी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो ।

बाढीको लेदो माटो बगाएर ल्याउँदा डाइभर्सन पुरिएर सडकमा आएपछि स्काभेटरले थुनिएको खोल्साको लेदो हटाइएको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन समय लाग्ने हुँदा तातोपानीसम्मको आवतजावतमा कठिनाइ भएको छ । जुरेमा पनि दैनिक लेदो माटो बगेर सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै अविरल वर्षासँगैको साँधीखोलामा आएको बाढीले कटान गरेपछि सो वडाका १५ घर परिवार विस्थापित भएका छन् भने अन्य २५ घर उच्च जोखिममा परेको सो वडाका सदस्य शेखरकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =