भुइँकटहरले हाम्रो स्वास्थ्यमा पुर्याउने फाईदा र बेफाईदाहरु

हाम्रो स्वास्थ्यको फाईदाको हिसावले भुइँकटहरलाई एउटा अत्यन्तै महत्वपूर्ण फल मानिन्छ । यसलाई जुस बनाएर खाँदा बिभिन्न रोगहरु रोगथाम गर्न सहयोग गर्छ । भुईकटरको प्रयोग बाट हाम्रो शरिरमा एक प्रकारको तागत प्राप्त हुन्छ । भुइँकटहर पोषक तत्वको भण्डार नै हो भन्दा पनी केही फरक पर्दैन । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको अनुमान गरिन्छ ।

स्वास्थ्यमा के–के फाइदा ?
आर्थराइटिस (बाथ) मा उपयोगी
आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटहरमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ । जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउँछ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि
भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

घाउ चाँडो निको पार्छ
भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।

क्यान्सर रोकथाम
एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।

पाचन प्रणाली मजबुत पार्छ
नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्याउछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।

खोकी र रुघामा उपयोगी
ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले भुइँकटहरले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न मद्दत गर्छ ।

हड्डी मजबुत पार्छ
भुइँकटहरमा म्यागनिज तत्व यथेष्ट परिमाणमा पाइन्छ । यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एउटा भुइँकटहरबाट शरीरलाई दैनिक चाहिने खनिज तत्वको ७० प्रतिशत हिस्सा प्राप्त गर्न सकिन्छ।

भुइँकटहरका अन्य फाइदा

– दममा राहत दिन्छ
– मधुमेह नियन्त्रण गर्छ
– प्रजनन क्षमतामा वृद्धि गर्छ
– छालाको स्वास्थ्यका लागि फाइदाजनक
– मुखको स्वास्थ्यमा उपयोगी
– दृष्टि सुधार गर्छ
– रक्तचाप नियमित गर्छ
– मुटुको रक्षा गर्छ
– रक्त सञ्चालनमा सुधार गर्छ
– मिर्गौलाको पत्थरी निकाल्छ

यसका बेफाईदाहरु

– बान्ता आउन सक्छ
– मुख र गाला सुन्निन सक्छ
– छालामा दाग आउन सक्छ
– पखाला लाग्न सक्छ
– टाउको दुख्ने र रिँगटा लाग्न सक्छ।
– भुइँकटहरमा भएको ब्रोमिलेन तत्वका कारण धेरै खाएका बेला दाँत कुँडिन सक्छ ।
– मधुमेहका बिरामीले क्यानमा राखिएको जुस सेवन गर्नु हुन्न, त्यसमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुँदा यसको सेवनले मधुमेका बिरामीलाई हानी पुर्याउँछ ।
– गर्भवती महिलाले धेरै भुइँकटहर खानाले गर्भपतन हुने खतरा हुन्छ ।
– यसमा पोटासियम पाइने भएकाले मिर्गौलाका बिरामीले धेरै खानु हुँदैन यसले स्वास्थ्यमा हानी पुर्याउँछ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =