नेपाललाई दोस्रो सफलता, सिंगापुरमाथि नेपालको जीत

काठमाडौँ, भदौ १७ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि जित हासिल गरेको छ । नेपालले चौँथो खेलमा आइतबार सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो ।

यो जीतसँगै नेपालले एसिया कप क्रिकेट खेल्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

अब अन्तिम खेलमा मंगलबार हङकङलाई हराउन सकेमा नेपालको शीर्ष दुई स्थानमा पर्ने सम्भावना कायमै रहन्छ।

यसअघि नेपालले सिंगापुरलाई ४२ ओभरमा एक सय ५१ रनमा समेटेको थियो। नेपालका बलर सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन विकेट हात पारे। सुरुका दुई खेलमा हार ब्यहोरेको नेपालले शनिबार मलेसियालाई पराजित गरि छनोट यात्रामा फर्किएको हो।

प्रतियोगिताको विजेता मात्र एसिया कपमा छनोट हुने छ। सहभागी ६ टोलीमध्ये शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्। विजेता टोली एसिया कपमा पुग्ने छ।

नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेको र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *