सर्दु जलाधार क्षेत्रको सीमाङ्कनका लागि भेडेटारमा बस्ती संरक्षण समिति गठन

धरान, भदौ १७ । लामो समयदेखि विवादित सर्दु जलाधार क्षेत्रको सिमाङ्कन गर्नका लागि भेडेटारमा बस्ती संरक्षण समिति निर्माण गरिएको छ ।

विवादित सर्दु जलाधार क्षेत्रको सिमाङ्कन गर्नका लागि धरान उप–महानगरपालिकाले वडा नं. १७ का अध्यक्ष सूर्य प्रसाद भट्टराईको संयोजकत्वमा निर्माण गरेको सर्दु जलाधार क्षेत्र सिमाङ्कन समितिले सट्टाभर्ना नपाएको साविक पाचकन्या ८(ग) र ९(ख) को ३६ नम्बर हाल भेडेटार र देवीथानलाई समेत जलाधारमा सिमाङ्कन गरिएको विरुद्ध भेडेटारमा वस्ती संरक्षण समितिको निर्माण गरिएको हो ।

वडा नं. ४ का निर्वाचित सदस्य गोरसमान आले मगरको उपस्थितिमा स्थानिय जनताहरुको भेलाले ११ सदस्यीय सर्दु जलाधार क्षेत्र तथा व्यक्तिगत घर जग्गा संरक्षण एवम् सीमाङ्कन समिति तयार गरेको छ ।

समितिको संयोजकमा प्रेम कुमार राई, सह–संयोजकमा दिल कुमार लिम्बू र सदस्यहरुमा ओम कट्टवाल, लोक बहादुर थापा, कौशल राई, चुडाराज थापा, विशाल राई, योगेन्द्र बुढाथोकी, तारा कुमार राई, र मणि कुमार तामाङ्ग रहेका छन् ।

त्यसैगरी समितिले आफ्नो पहिलो बैठक बस्दै ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।

सल्लाहकारमा हरि बहादुर लिम्बू, भुवन सुब्बा (रमेश), गणेश बहादुर लिम्बू, जित बहादुर राई, कुमार श्रेष्ठ, दिपक कुमार लिम्बू र रमेश श्रेष्ठलाई मनोनित गरिएको छ ।

आज तयार भएको समितिले तुरुन्त उप–महानगरपालिका र उप–महानगरपालिकाले तयार गरेको समितिसँग सहकार्य गरि सीमाङ्कनमा सहयोग गर्दै बस्तीको संरक्षण गर्ने निर्णय गरेको संयोजक प्रेम कुमार राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *