युुभेन्टस लगातर विजयी, रोनाल्डो भने गोलको संकटमा

“एजेन्सी, भदौ १७ । यूभेन्ट्सले इटालियन सिरी एमा लगातार जित दर्ता गर्दा स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डो भने गोलको संकटमा परेका छन् । यसै सिजन रियल मड्रिडबाट युुभेन्टस पुुगेका रोनाल्डोले नयाँ क्लवमा गोल गर्न सकेका छैन ।
तेश्रो खेलमा पनि गोल गर्न नकेपछि उनी माथि दवाव पर्न थालेको छ । युुभेन्टसले शनिबार राति पर्मालाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
खेलको दोस्रो मिनेटमा नै मारियो मान्डुजुकिकले साविकको विजेता यूभेन्ट्सका लागि पहिलो गोल गरेका थिए।
पर्माका ग्रिर्भिन्होले ३३ औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा ब्लासे मातौडीले निर्णायक गोल गर्दै क्लबलाई तीन अंक दिलाएका छन् ।
यूभेन्ट्समा आएपछि रोनाल्डोले २३ मौका पाएपनि गोलविहिन छन्। यूरोपको उच्च डिभिजनका खेलमा यति धेरै मौका पाएर पनि गोल गर्न नसक्ने उनी एक्ला खेलाडी हुन्।”








