‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई

काठमाडौँ, भाद्र १६ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिश समितिको सर्वसम्मतिबाट करीव पाँच वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका नेता बास्तोलालाई प्रदान गर्ने निर्णय गरिएको हो ।

उनलाई प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याए वापत रु ५० हजार राशिको सो पुरस्कार प्रदान गरिने भएको हो । रु एक लाख एक हजार राशिसहितको ‘बीपी साहित्य सम्मान पुरस्कार’ भने यस वर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कार बीपी जयन्तीका अवसरमा बीपी ट्रष्टद्वारा यही भदौ २२ गते काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *