नेपालको एसिया कप खेल्ने आशा कायमै, मलेसिया १९ रनले पराजित


“
काठमाडौँ, भदौ १६ । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट खेल अन्तर्गत नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ । तेश्रो खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो ।
वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको थियो । सोही १८९ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ३० ओभरमा ९ विकेटको क्षेतिमा मात्रै १ सय ६९ रन बनाउन सक्यो ।
नेपाललाई सफलता दिलाउने क्रममा बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए । यस्तै सागर पुन र दिपेन्द्रसिं ऐरीले समान एक विकेट हात पारे ।
नेपालले ३० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए । पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए ।
एसीसी एसिया कप छनोटमा सुरुका दुुई खेलमा पराजित भएको नेपाललाई एसियाकप खेल्ने आशा जिवितै राख्नका लागि आजको जित महत्वपुर्ण छ । यो जीतसँगै युुएईमा हुने एसिया कप खेल्ने नेपालको आशा जीवितै रहेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको थियो ।
नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।
“
