मलेसियाविरुद्ध नेपालः नेपाललाई लगातार झड्का, पाँच विकेट गयो, पारस पनि आउट

काठमाडौँ, भदौ १६ । एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत आयोजक मलेसियासँग खेलिरहेको नेपाललाई लगातार झड्का लागिरहेको छ । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपाल दबाबमा खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले महत्वपूर्ण ५ विकेट गुमाई सकेका छन् । पहिलो विकेटका रुपमा सुवास खकुरेल, दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का, तेस्रो विकेटका रुपमा अनिल कुमार साह, चौथो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल तथा पाँचौँ विकेटको रुपमा सागर पुन आउट भएका छन् ।

कप्तान पारस खड्काले १३ रन बनाएर आउट भए । पारस आउट भएसँगै ओपनर अनिल कुमार शाह १६ रनमा आउट भए । अनिल १२.४ ओभरमा एल्बिडब्लु आउट भएका थिए ।

लगतै १२.५ ओभरमा नेपालका भरपर्दा ब्याट्सम्यान सागर पुन शून्य रनमै आउट भए ।

यसअघि दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका थिए भने पहिलो विकेटको रुपमा सुवास खकुरेल ९ रनमा आउट भएका थिए । अहिले नेपालको १३ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ६० रन भएको छ ।

अहिले क्रिजमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी रहेका छन् । वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०–३० ओभरमा छोट्याइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिएपनि पानी परेपछि खेल ढिलो सुरु भएको हो ।

एसीसी एसिया कप छनोटमा सुरुका दुुई खेलमा पराजित भएको नेपाललाई आज आगामि महिना युुएईमा हुने एसियाकप खेल्ने आशा जिवितै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा रहेको नेपाललाई बाँकी सबै तीन खेल जित्नु पर्ने दबाब छ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो ।

नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *